२०८१ बैशाख २१ , शुक्रवार

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

Capture

सुनाखरी न्युज/ पोखरा ।
पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो ।

घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको छ। दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार गुहार गर्दा सम्पूर्णबाट आश्वनमात्रै पाएको र आफ्नो सपना पुरा गर्नका लागि एक रुपैया अभियान सञ्चालन गर्दै आएका छन ।पोखराको अमरसिंह मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरुले महोत्सवकै बीच घिसिङलाई नगद ५० हजार रुपैया प्रदान गरेको हो ।

दिपेन्द्र संगै विभिन्न पाँचवटा क्यान्सरबाट पिडित पोखरा १७ बिरौटाकी लक्ष्मी शर्मा पोखरेललाई समेत नगद २५ हजार प्रदान गरेको छ । सो अवसरमा वोल्दै पाइलट बन्नका लागि एक रुपैया अभियानका अभियनता दिपेन्द्र घिसिङले आफु सानै देखि पाइलट बन्ने सपना देखेर अगाडि बढेको भएतापनि घरपरिवारमा समस्या उत्पन्न भइ सहयोग नपाएको, विभिन्न सरकारी निकाय संग सहयोग माग्दापनि पाइलट बन्ने विषयमा कहीकतैबाट सहयोग गर्न नसकिने भन्दै फर्काएको र विभिन्न २२ सय बढी नेताहरुलाई भेटेर आफ्नो कुरा राख्दा पनि आश्वसन मात्रै पाएपछि एक रुपैया संकलन अभियानमा हिडेको वताए ।

नेपालमा रहेका डेढ करोड जनता संग एक रुपैया उठाएरै आफु पाइलट बन्ने अठोटका साथ अगाडि बढिरहदा पोखरा महोत्सवमा आयोजकले नगद ५० हजार रुपैया सहयोग पाउदा आफ्नो अभियानमा थप इट्टा थपिएको समेत वताए । घिसिङले हाल सम्म ६० लाख रुपैयाँ संकलन गरिसकेको समेत बताए । त्यस्तै विभिन्न पाँच वटा क्यान्सरबाट प्रभावित लक्ष्मी शर्मा पोखरेलले पोखरा महोत्सव आयोजक यूनाइटेड क्लबले आफुलाई नगद सहयोग गरी हौसला प्रदान गरेको बताइन । शर्माले कुनैपनि रोग संग लड्नका लागि आत्मबल वलियो हुनुपर्ने वताउदै आफुहरुलाई धेरै पहिलेनै भारतको मेदान्त अस्पतालले मृत्युको डेट दिएको भएतानि सम्पूर्णको हौसला र साथले आफ्नो आत्मबल वढेकाले रोग संग लडेर अगाडी वढिरहेको वताइन ।

महोत्सवमा शनिवार पछिल्लो समय चिर्चित लोकदोहोरी गायक प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । दुतराज संगै महोत्सवमा सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहेको थियो भने सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिए ।

महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए ।

महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदन फाइनल राउण्डमा प्रवेश गरेको छ । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार दिनको एक बजे हुने विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए ।