२०८१ बैशाख २२ , शनिवार

मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

football 5

सुनाखरी न्युज /  काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ । बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका विरुद्ध दुई गोलले पराजित गरी विजयी भएको हो ।

 

सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते विभिन्न कार्यक्रम गरी २३ औँे स्थापना दिवस मनाउँदैछ ।

 

सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल हुनुहुन्छ ।रासस