२०८१ बैशाख २१ , शुक्रवार

आजको मैसमः उच्च पहाडी क्षेत्रमा सोमबारसम्म हिमपातको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आइतबार र सोमबारसम्मे मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ ।

तराईमा हुस्सुरकुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।