२०८१ बैशाख १७ , सोमवार

सविन र स्मिताले ल्याए ‘तिम्रो र मेरो’

Capture

सुनाखरी न्युज / काठमाडौं ।

गायक सविन सुवेदी र गायिका स्मिता दाहालको सुमधुर स्वरमा सजिएको ‘तिम्रो र मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारको शब्द रहेको छ। गीतलाई वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्।

सन् ८० को दशकको झझल्को दिने यस गीतको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्। हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो।

पुरानो हिन्दी गीतको फ्लेवरमा नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास यो भिडियो मार्फत गरेको निर्देशक लामाले बताएका छन्।

भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई गोलो प्रडक्शनुको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’,तिम्रै नाम होस्’, ‘मेरो कथाको’ ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।