२०८१ बैशाख २४ , सोमवार

लक्ष्मी सनराइज बैंकद्वारा“ई-कमर्सअक्वायरिङ”सेवा सुचारु

Capture

सुनाखरी न्युज / काठमाडौं ।
लक्ष्मी सनराईजबैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ। यो सेवा नेप्स रVISA को सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरेको बताए।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहक महानुभावहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारी वर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुने जनाएका छन्।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्ड मार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ।

तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ।
लक्ष्मी सनराईज बैंकले देशभरर हेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ ATM, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्ट मर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।