२०८१ बैशाख २२ , शनिवार

प्रतितोला पाँच सय रूपैयाँ बढ्यो सुनको भाउ

gold-1

सुनाखरी न्युज / काठमाडौं ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज शुक्रबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

आज शुक्रबार   नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।