२०८१ बैशाख १७ , सोमवार

इन्डियन आइडलका उपविजेता अमित पलको यस्तो छ नेपाली गीत ‘सम्झना…’

Capture

सुनाखरी न्युज / काठमाडौं ।
लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर इन्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन् ।

गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए ।

‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।’कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन् ।

सुरेन्द्र मान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ । विशाल गुरुङको निर्देशन रहेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय रहेको छ ।