२०८१ बैशाख २६ , बुधवार

हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित पक्राउ

Revinue I D

सुनाखरी न्युज/ काठमाडौं ।
हुन्डी र सुन कारोबारको आरोपमा राजस्व अनुसन्धान विभागले  कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित पक्राउ गरेको छ । विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई बिहीबार राति  नगद सहित पक्राउ गरेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो। उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ ।

उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ ।