२०८१ बैशाख १५ , शनिवार

सामान्य घट्यो नेप्से, कारोबार रकम ८ अर्ब १७ करोडमा खुम्चियो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से बिहीबार  ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो ।

बिहान ११ : १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको थियो । उतारचढावका बीच दिउँसो २ :३४ बजे २१६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१५५ विन्दुमा कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ७।२४ अंक कमी हो ।

परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो ।