२०८१ बैशाख २६ , बुधवार

भरूवा बन्दुक बरामद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
वाणगंगा नगरपालिका-७ धैरेनि डाँडास्थित बाँसको झाडी नजिकैबाट लोड अवस्थामा रहेको १ नाल भरुवा बन्दुक बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।