२०८१ बैशाख २२ , शनिवार

सुनको भाउ घट्ने क्रमले तेस्राे दिन पनि पायो निरन्तरता

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको हो। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाइरहेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज बिहीबार प्रतितोला सात सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।