२०८१ बैशाख २४ , सोमवार

गरिमा विकास बैंक लिमिटेडद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहितरु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिकर ओभर ड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएको बैंकले जनाएको छ।

यो योजन अन्तर्गत व्यवसाय / उद्यम सुरुवात विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिकर ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवाप्राप्त गर्न सक्नु हुनेछ ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।