२०८१ बैशाख २२ , शनिवार

प्रतितोला एक हजार दुई सय रूपैयाँ घट्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी,आज चाँदीको मूल्य पनि घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।