२०८१ बैशाख १७ , सोमवार

नोबडी प्रोडक्सन प्रा.लि. ले अर्को नयाँ रियालिटी शो ल्याउदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘को बन्छ करोडपति’ ‘सारे गमप लिटिल च्याम्पस नेपाल’ ‘क्राइम पेट्रोल नेपाल’ आदि रियालिटी शोहरू भित्र्याएको लामो समयपछि नोबडी प्रोडक्सन प्रा.लि. ले अर्को नयाँ रियालिटी शो ल्याउने भएको छ। यो ल्याउन आटीएको नयाँ शो अलि भिन्न शैली र आधुनिक प्रविधिलाई जोडदिँदै निर्माण हुने बताइएको छ, यो शोको ढाँचा, मार्केटिङ, ब्रान्डिङ्, एड्भटाईजिङ्ग लगायतको विषयमा सहयात्री भएर नक्षत्र एड्भटाई जिङ्ग प्रा.लि. जोडिएको छ।

नक्षत्र एड्भटाईजिङ्गले विभिन्न इभेन्टहरु र विभिन्न ब्रान्डहरुको एड्भटाईजिङ्ग गर्दै आएको छ।मिस नेपाल २०२३ को पनि एड्भटाईजिङ्ग, ब्रान्डिङ्र इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेको नक्षत्र एड्भटाईजिङ्गका सिइयो इन्जिनियर अश्विन अधिकारी र नो बढी प्रोडक्शनका सिइयो सुरक्षा अधिकारी बीच सहकार्य गर्न सम्झौता हालै भएको छ।

नो बडी प्रोडक्सनकी सिइओ सुरक्षा अधिकारी र नक्षत्र एडभर्टाइजिङका सिइओ अश्विन अधिकारी बीच आइतबार यो सम्झौतापत्रमा हस्ताक्षर भएको हो।सम्झौता अनुसार रियालिटी शो ‘बिबि’ सिजन वानको एक्सक्लुसिभ मार्केटिङ राईट नक्षत्र एड्भटाई जिङ्गले लिएको छ।यो शोमा भिवर्स र अडियन्सले अत्यन्त भिन्न अनुभूति पाउनु हुनेछ भन्नेमा आफूहरु विश्वस्त रहेको दुवै सिइयोको दाबी छ।

यस शोको नाम बिबि राखिएको छ भने यसको पूरा नाम अहिले गोप्य नै राखिएको बताए । यस बिबि रियालिटी शोको विधा पनि अहिलेलाई गोप्य नै राखिएको छ।