२०८१ जेठ ५ , शनिवार

आजको मौसमः पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

weither

सुनाखरी न्युज/ काठमाडौं ।

आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको छ ।

 

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।