२०८१ बैशाख १७ , सोमवार

“कन्दरा”ब्यान्डले प्रस्तुत गरेको साङ्गीतिक कार्यक्रममा आइएमई पेद्वारा टिकेटिङ

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न भएको “कन्दरा – लाइभ इन पोखरा” इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।

संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरू सामु आन्तरिक पर्यटनको सन्देश “पहिला घरदेश, अनि परदेश”को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पौष २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समापन गरेको हो।

“पहिला घरदेश, अनि परदेश”को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको बताए ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै, सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण रहेको जनाएका छन् ।

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमईपे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२बमोजिम ’आइएमईडिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्नसक्ने छन्।यसले व्यक्ति (व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्त च्स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइलवालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरूको पनि सुविधा उपलब्ध छ।आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।२०लाख भन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सम्पर्कः आइएमईग्रुप,पानीपोखरी, काठमाडौँ, सम्पर्कः०१-४४३०६००, एक्स टेन्सन २५७