२०८१ बैशाख १६ , आइतवार

सेयर बजार उच्च वृद्धि, कारोबार रकम ८ अर्ब नाघ्यो

nepse high

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नेप्से  ५४.५ अंक बढेर २१७५ विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार  २.५७ प्रतिशतले बजार बढेको छ ।

नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यो कारोबार रकम एक वर्षयताकै उच्च हो ।

 

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।

 

कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २।६२ र ब्यापार समूह २.१५ प्रतिशत बढे ।

यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।