२०८१ जेठ ६ , आइतवार

“सर्वश्वन सहित जन्मकैद सजाय भएका फरार प्रतिवादी २१ बर्ष पछि पक्राउ”

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
मिति २०५९/१/२८ गते जिल्ला धादिङ, मैदी ( ९, हाल ज्वालामुदी गा.पा. वडा नं १ स्थित घर बारीमा ऐ.ऐ बस्ने सुर्य बहादुर दवाडीले अंश सम्बन्धी बिषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि कर्तव्य गरी रूखमा झुण्डाई हत्या गरी मृतक लासलाई धादिङ जिल्ला मैदी गा.वि.स. वडा नं ९ स्थित ग्याल्मा र

बुढी गण्डकीको दोभानमा लगि जलाई सतगद गरेको कर्तव्य ज्यान सम्बन्धी अनुसन्धानमा धादिङ जिल्ला अदालतको मिति २०६१।०२।०५ गतेको फैसलाले प्रतिवादी सूर्य बहादुर दवाडीलाई सर्वश्वब सहित जन्मकैद र सर्वोच्च अदालतको मिति २०६७।१०।०३ गतेको फैसला पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई धादिङ जिल्ला अदालतको मिति २०६१/०२/०५ गतेको फैसलालाई सदर गरे ।

र निज प्रतिवादी फरार भई भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बसेको र हाल निज नेपालमा प्रवेश गर्दै छ भन्ने विशेष सुचनाको आधारमा यस केन्द्रीय अनुसन्धानको टोलीले मिति २०८०/१०/०१ गते जिल्ला रूपन्देही, सिद्धार्थनगर नगरपालीका वडा ०१, बेलहियाबाट निजलाई पक्राउ गरी थप कारवाहीको लागि सम्मानित जिल्ला अदालत धदिङ बुझाईएको जनाकारी प्राप्त भाएको छ ।

घटनामा संलग्न व्यक्तिको विवरण:
नाम थर: सुर्य बहादुर दवाडी
उमेर: ७० बर्ष
वतन: जिल्ला धादिङ, मैदी गा.वि.स. वडा नं ९ हालको ज्वालामुखी गा.पा. वडा नं १
पक्राउ मिति: २०८०/१०/०१ गते
पक्राउ स्थान:जिल्ला रूपन्देही, सिद्धार्थनगर नगरपालीका वडा ०१, बेलहिया