२०८१ जेठ ३ , बिहिवार

राष्ट्रपति सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
चीनका राष्ट्रपति सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनु भएको छ ।

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उहाँले जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो।  रासस/ सिन्ह्वा