२०८१ जेठ २ , बुधवार

संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

American-Doller

सुनाखरी न्युज/ काठमाडौँ ।
संयुक्त राष्ट्र सङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन.ं एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।

विशेष गरी, संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ विलियन डलर जुटाउन पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा किभले उच्च आशा राखेको बताउनुभएको छ ।उहाँले आन्तरिक रुपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताउनुभएको छ ।

सन् २०२२ को फेब्रवरीदेखि करिब ६.३ मिलियन मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४.९ मिलियन मानिस विस्थापित भएका छन् । रासस/सिन्ह्वा