२०८१ बैशाख २० , बिहिवार

NEPALPAY QR बाट बिगमार्टमा भुक्तानी गर्दा १०% छुट

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
अब ग्राहकहरुले NEPALPAY QR स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १०%वा अधिकतम रु १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्तअफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा माघ १ गतेबाट सिमित अवधिका लागि उपलब्ध हुने जानकारी दिएइको छ । बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा NEPALPAY QR बाट भुक्तानी गर्दा छुटसंगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन् ।

जाडो मौसमलाई मध्य नजर गर्दै बिगमार्टले ल्याएको उक्त‘winter offer’ हाल बिगमार्टको ८१ वटा भन्दा बढि स्टोरहरुमा उपलब्ध रहेको जनाएको छन् ।बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको DYNAMIC QR स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिने जनाएको छ । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग,वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR च्भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरुले NEPALPAY QR मा ४ लाख६५ हजार र SMART QR को २ लाख ५० हजार समेत गरी  ७ लाख१५ हजारभन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

थप जानकारीको लागि बिगमार्टको आधिकारिक सामाजिक सञ्जाल www.nchl.com.npमा जानुहोस् ।