२०८१ जेठ २ , बुधवार

जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी

1691409696_u1wI90r4WB_uqd6uvcmw8tchhpk3pof0v9chfqpkf8gkfcqthhgtf64dcbxwk7xvnama52b_EHhkBU5wom_qe3gbec575joguvmzxjgyzsfwmzclvd0vsfpfuwcvfi8g3cfvg1gq1k8cemk

सुनाखरी न्युज/ काठमाडौँ ।

श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन्।
गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।

जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो। रासस(सिन्ह्वा)