२०८१ बैशाख २७ , बिहिवार

मेसी बने तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

messi_zoWOIQUn9u

सुनाखरी न्युज/ काठमाडौँ ।

लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता अर्जेन्टिनाका स्टार खेलाडी मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।

मेसी ले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।