२०८१ जेठ ५ , शनिवार

भारतीय नम्बर प्लेटको बोलेरो गाडी त्रिशूली नदीमा  फेला पर्यो

Trishooli-accident-gotakhor-1024×768

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय नम्बर प्लेटको बोलेरो गाडी त्रिशूली नदीमा  फेला परेको छ ।

एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो ।

 

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन ।

डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले मानिस भने फेला नपरेको बताए ।