२०८१ जेठ २ , बुधवार

भारतीय सेना दिवस : राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति द्रुपदाई मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गर्नु भएको छ ।

सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहनुभएका राष्ट्रपतिले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस २०२४ को अवसरमा भारतीय सेनालाई बधाई दिनु भएको हो ।

राष्ट्रपति मुर्मुले आफ्नो शुभकामना सन्देश मार्फत भारतीय सेनाले देशको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खलेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “भारतीय सेनाले द्वन्द्व, आतङ्कवाद विरोधी कारबाही, राष्ट्रिय प्रकोप र अन्य प्रकोपहरूमा सधैँ व्यावसायिकता प्रदर्शन गरेको छ ।” भारतीय सेनाले प्रदर्शन गरेको अनुकरणीय नेतृत्व र निस्वार्थ समर्पण प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा राष्ट्रको सेवामा आफ्नो जीवन बलिदान गर्ने बहादुरहरूको बलिदानलाई सधै सलाम गर्ने बताउनुभएको छ ।सोमबार प्रधानमन्त्री मोदीले सेनालाई बधाई दिँदै उनीहरू शक्ति र लचिलोपनका स्तम्भ भएको बताउनुभएको छ । उहाँले भारतीय सेनालाई शुभकामना सन्देशमार्फत् द्वन्द्व र विपत्तिको समयमा सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

बाहिरी खतराहरूसँग लड्ने तथा प्राकृतिक प्रकोपको समयमा सहयोग गर्न भारतीय सेनाले साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । यसै सन्दर्भमा उहाँले अनुशासित र शक्तिशाली बलका रूपमा भारतीय सेनाले विश्वमा आफ्नो नाम कमाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री मोदीले सेना दिवसमा आयोजित सामारोहलाई सम्बोधन गर्दै सेनाको असाधारण साहस, अटुट प्रतिबद्धता र बलिदानलाई सम्मान गर्ने बताउनुभएको छ । भारतको राष्ट्रियताको रक्षा गर्न सार्वभौमिकता कायम राख्न सेनाको अथक समर्पण र बहादुरीको प्रमाण भएको उहाँ बताउनुभएको छ ।सन् १९४९ को अन्तिममा ब्रिटिस कमान्डर–इन–चिफ जनरल फ्रान्सिस रोय बुचरबाट जनरल केएम करिअप्पाले भारतीय सेनाको कमाण्ड सम्हालेको अवसरमा हरेक वर्ष जनवरी १५ लाई सेना दिवसको रूपमा मनाइन्छ ।  रासस/एएनआई