२०८१ जेठ १ , मंगलबार

भारतीय काङ्ग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट शुरू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ । काङ्ग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो ।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गर्नुभएको थियो ।गत बर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौं घरबारविहीन भएका थिए ।

गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गर्नुभएको हो । उहाँले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गर्नुभयो ।उहाँले भन्नुभयो, “लाखौं मानिसले क्षति बेहोर्नुप¥यो, तर प्रधानमन्त्री यहाँ आँसु पुछ्न, हात समात्न वा अँगालो हाल्न आउनुभएको छैन ।”“तपाईंको पीडा उनीहरूको पीडा होइन,’ गान्धीले प्रधानमन्त्री र उहाँको दलका नेतातर्फ सङ्केत गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “मणिपुरका जनताले भोगेको पीडा हामीले बुझेका छौं । हामी चोट, दुःख बुझ्छौं । हामी जसको लागि यो राज्य परिचित थियो उनीहरूबीच सद्भाव, शान्ति र स्नेह फिर्ता ल्याउनेछौं ।”पलयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ । मार्च २० मा भारतको आर्थिक राजधानी मुम्बईमा यसको समापन हुनेछ ।

सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाउनुभएको थियो । जनवरी २०२३ मा समाप्त भएको पहिलो पदयात्राले काङ्ग्रेसजनबीच सकारात्मक प्रतिक्रिया पाएको थियो । पदयात्राले देशभरिका दलका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई काङ्ग्रेसको भूमिकाप्रति आशावादी बनाएको थियो ।  रास/सिन्ह्वा