२०८१ बैशाख २२ , शनिवार

सुनको भाउ बढ्दा चाँदीको मुल्य स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।