२०८१ बैशाख १६ , आइतवार

विद्युत् प्राधिकरणले आईपीओ स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा पठायो

nea

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश भएको छ । अर्थ मन्त्रालयले आईपीओ निस्कासनका लागि सहमति दिएसँगै यस सम्बन्धी प्रस्ताव ऊर्जाले अघि बढाएको हो ।

 

प्राधिकरणलाई आईपीओ निस्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

 

 

प्राधिकरणको जारी पूँजी ३ खर्ब पुर्‍याएर त्यसको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।