२०८१ बैशाख १६ , आइतवार

सेयर बजार २१ सयमाथि, बढी कमाउनेमा हाइड्रोपावरमाका लागानीकर्ता

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारले फेरि २१ सय विन्दु नाघेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा कायम भएको छ ।

५ पुसयता २१ सयमुनि रहँदै आएको बजार २५ दिनपछि २१ सयमाथि गएको हो । कारोबार सुरु भएको केही मिनेटमै २१ सय नाघेको नेप्से अन्तिम समयसम्म २१ सयमाथि नै रह्यो । यस दिन २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो ।

 

आइतबार हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह २.७७ प्रतिशत बढ्यो । वाणिज्य बैंक ०.४७, विकास बैंक १.२४, फाइनान्स १.५५, लगानी १.२४, जीवन बीमा ०.४२, उत्पादन १.०३, माइक्रोफाइनान्स १.९६ र निर्जीवन बीमा समूह ०.०१, प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.०१ र ब्यापार समूह ०.९४ प्रतिशत घटे । कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली क्रमशः अगाडि रहे ।