२०८१ जेठ ५ , शनिवार

झारफुकको बहानामा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

arrested

सुनाखरी न्युज / काठमाडौं ।

बारामा झारफुक गर्ने बहानामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले महागढीमाई नगरपालिका वार्ड नम्बर – २ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय, बारामा परेको उजुरीको आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार बालिका मण्डलकहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्ती करणी गरेका थिए।मण्डल बाराको महागढीमाई नगरपालिका–२ मा बसेर केही समयदेखि झारफुकको काम गर्दै आएका थिए।

 

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।प्रहरीका अनुसार बालिका मण्डककहाँ झारफुक गराउन आएको बेला उनले जबर्जस्तीकरणी गरेका थिए। पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको न्यौपानेले बताए।