२०८१ जेठ ५ , शनिवार

अमलाविसौनी टोलमा खगेन्द्र

Capture

सुनाखरी न्युज/ पोखरा ।
अमला विसौंनी धोविनी पाटन टोल विकास संस्थाको सम्पन्न अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेका छन ।

शनिवार सम्पन्न संस्थाको नवौं अधिवेशनवाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा राजु खड्का, सहसचिवमा राजेन्द्र शाही ठकुरी, कोषाध्यक्षमा भुवनकुमार पौडेल, सह कोषाध्यक्षमा भुवनवहादुर वस्नेत र सदस्यहरुमा सिता थापा, गंगा कार्की, सन्तोष खत्री, राधा थापा, सरिता अधिकारी, लक्ष्मी पौडेल र सिर्जना थापा चयन भएका छन् । यस अघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले वडाको समग्र विकासमा टोल विकास संस्थाको भुमिका अभिभावकीय रहने गरेको वताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार होमवहादुर खड्का, संरक्षण आमा समुहका अध्यक्ष पार्वती वस्नेत, सरस्वती मन्दिरका अध्यक्ष दीपेन्द्र वस्नेत, भजन समुहका राजेन्द्र शाही ठकुरी, पुर्व सदस्य कृष्णवहादुर खड्कालाई प्रमुख अतिथी तिमिल्सीना र अध्यक्ष रेक वहादुर थापाले सम्मान गर्नुभयो ।

सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन कोषध्यक्ष भुवन वस्नेत र वार्षिक प्रतिवेदन सचिव लक्ष्मी श्रेष्ठले प्रस्तुत गर्नुभयो । लक्ष्मी श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता रेक वहादुर थापाले गर्नुभएको थियो ।