२०८१ जेठ ५ , शनिवार

जसपाको तेह्रथुम जिल्ला समिति पुनर्गठन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तेह्रथुम जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लाको मियङलुङमा शनिबार आयोजित पुनर्गठन भेलाले लोक बहादुर सिङ्गकको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेका छन्  ।

समितिका उपाध्यक्षमा सूर्य निङ्लेकु र सूर्य मादेन, सचिवमा देवेन्द्र खापुङ सुर्केली सहसचिवमा राजकुमार तेयुङ तरेबा र कोषाध्यक्षमा सुन्दरी लिम्बु मनोनयन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यतामा भएको पुनर्गगठन कार्यक्रममा कोसी प्रदेश समितिका उपाध्यक्ष एवम् लिम्बुवान राष्ट्रिय समितिका इन्चार्ज प्रेम वनेमलगायतका नेताहरू उपस्थित रहेकोे थिए ।