२०८१ बैशाख २३ , आइतवार

दाङ तुल्सिपुरमा ब्यवसायीक भेला तथा सचेतना कार्यक्रम सम्पन्न

dang

सुनाखरी न्युज/ दाङ ।
दाङ तुल्सिपुर सुनचाँदी ब्यवसायी संघको आयोजनामा २०८० पुष २८ गते शनिबार ब्यवसायीक भेला तथा सचेतना कार्यक्रममा सम्पन्न भएको छ । दाङ तुल्सिपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका कोषाध्यक्ष सुदिप श्रेष्ठले ब्यवसायीक भेला तथा सचेतनाका बारेमा जानकारी दिनुहँदै पेशा ब्यवसाय सञ्चालनमा क्रममा ब्यवसायीले अनुसरण गर्नुपर्ने विभिन्न बिषयमा बारेमा जानकारी गराउनुभयो ।

त्यसक्रममा महासंघका केन्द्रिय सदस्य लोकबहादुर स्वर्णकार, लुम्विनी प्रदेश सदस्य मदन केसी, नेपाल राष्ट्रिय दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा सहभागी ब्यवसायीहरुले ब्यवसायीक सचेतनाका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।