२०८१ बैशाख २१ , शुक्रवार

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई

Screenshot 2024-01-13 135609

सुनाखरी न्युज/ काठमाडौं ।

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

 

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।