२०८१ बैशाख १६ , आइतवार

साताको सेयर समीक्षा : सेयर बजारको परिसूचक नेप्सेमा३९ अंकको वृद्धि

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता सेयर बढेको छ । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।

गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८.९ अंकमा बन्द भयो । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । आइतबार २६.३६ अंक घटेको बजार सोमबार ३६.५७ अंक बढ्यो । मंगलबार २०.६२ अंक बढेको बजार बुधबार ९.५ अंक बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार जम्मा ०.६२ अंक घट्यो । समग्रमा यो साता नेप्से १.९४ प्रतिशतले बढेको छ ।

 

यो साताका बुधबार र बिहीबार कारोबार भइरहँदा नेप्से परिसूचकले पटक पटक २१ सय अंक नाघे पनि अन्ततः कारोबार बन्द हुँदा २१ सय माथि टिक्न सकेन । समग्रमा यो साता बजारले घट्न मानेन भने २१ सयमाथि टिक्न पनि सकेन ।

यो साता कारोबार रकम पनि उल्लेख्य देखिन्छ । आइतबार ५ अर्ब २४ करोड, सोमबार ४ अर्ब ६७ करोड, मंगलबार ६ अर्ब ११ करोड, बुधबार ५ अर्ब १३ करोड र बिहीबार ४ अर्ब ३० करोडको कारोबार भयो ।

 

समूहगत रुपमा हेर्दा यो साता अन्य, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्समा उल्लेख्य वृद्धि देखिएको छ । अन्य समूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो । निर्जीवन बीमा र उत्पादन समूह भने यो साता घट्न पुगे ।