२०८१ बैशाख १८ , मंगलबार

नेपाल पुनर्बीमा कम्पनिको नाफा ६१ प्रतिशत बढ्यो

nepal-re

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक वित्तीय विवरण शुक्रबार मात्रै सार्वजनिक गरेको छ । साउन महिनामै चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि कम्पनीले ५ महिना ढिला गरेको हो ।

सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७९-८० मा जीवन र निर्जीवन दुबै व्यवसायबाट १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १७ करोड ३४ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८-७९ को तुलनामा ६१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा दुवै व्यवसायबाट कम्पनीको खुद नाफा ६७ करोड ३८ लाख रुपैयाँ थियो । जसअन्तर्गत जीवन बीमा व्यवसायबाट १० करोड ८८ लाख र निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो ।

यस कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछ ।