२०८१ बैशाख २० , बिहिवार

शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७९।०८० को बार्षिक साधारण सभाले पारित ग¥यो शेयरधनीलाई १५ प्रशितशतलाभाँस वितरण गर्ने प्रस्ताव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।
आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियमवापतको रकमयथावत रुपमाकम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्तापूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनकालागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहितआफ्ना शेयरवालाहरुलाई कूलजम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हालकम्पनीको अधिकृत पुँजी७अर्व र जारी तथाचुक्तापूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतकाका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको आजमितिः २०८०।०९।२७गते राष्ट्रिय सभागृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभाकम्पनीको संचालक समितिका अध्यक्ष श्री गौरव गोयलज्यूको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्नगरेको थियो ।