२०८१ बैशाख २३ , आइतवार

सुनको भाउ बढ्दा घट्यो चाँदी

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।