२०८१ बैशाख २० , बिहिवार

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०८०पौष २६गते, बिहिबार, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवनकुमार गोल्याणज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त साधारण सभामापूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट श्री मनोज कुमार गोयल र श्री जीवनकुमार कट्वाल निर्वाचित हुनु भएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट श्री उत्तमभ्लोन,श्री शिरिष कुमार मुरारका र श्री हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । FMOको तर्फबाट श्री निको पिलको सट्टामा श्री शर्मिला हार्दिप्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।