२०८१ बैशाख २३ , आइतवार

आज राष्ट्रिय एकता दिवस, राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान

Screenshot 2024-01-12 111024

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

 

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ ।

सो अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

 

विक्रम संवत् १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।