२०८१ बैशाख २० , बिहिवार

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।
विदेशी मुद्रा (विनिमय) सञ्चिति गत मंसिरमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

 

मंसिरसम्म नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ अर्ब ३१ करोड अमेरिकी डलर (१७ खर्ब ६७ अर्ब रुपैयाँ) पुगेको छ । नेपाली रुपैयाँमा गत कात्तिकमै सबैभन्दा धेरै बनेको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमा पनि हालसम्मकै धेरै पुगेको हो । आर्थिक वर्ष ०७७-७८ को पुसमा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति सबैभन्दा धेरै १२ अर्ब ७८ करोड डलर पुगेको थियो ।

मंसिरसम्मको सञ्चितिले १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ ।