२०८१ बैशाख २२ , शनिवार

नारायणगढ मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द, १ माघमा दिनभर खुल्ला

sadak 2

सुनाखरी न्युज/ चितवन ।

नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।

तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

 

पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

दैनिक ४ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ ।

माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ । सो दिन निर्वाध रुपमा नारायणगढतर्फ आउन र जान सकिने आयोजनाको भनाइ छ ।