२०८१ बैशाख २० , बिहिवार

साल्ट ट्रेडिङ कर्पोरेसनले घोषणा गर्‍यो बोनस सेयर

Salt Trading

सुनाखरी न्युज/ काठमाडौं ।

साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले सेयरधनीका लागि  बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले सञ्चित नाफाबाट १५ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ लाग्ने ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

 

सो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष ५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको थियो भने अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर दिएको थियो । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ छ ।