२०८१ बैशाख १६ , आइतवार

झिनो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । नेप्से अघिल्लो दिनको तुलनामा ०.६२ अंक घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको धितोपत्र कारोबार भएकोमा बिहीबार ४ अर्ब ३० करोडमा खुम्चियो ।

 

कारोबार सुरु भएको ३५ मिनेटमै २१०६ विन्दुसम्म पुगेको नेप्से अन्ततः कारोबार बन्द हुँदा २०८८.९ विन्दुमा कायम भयो ।

 

कुल १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ९ को स्थिर रह्यो । अधिकांश समूह घटेका छन् । जीवन बीमा र होटल समूह सबैभन्दा धेरै १.१ प्रतिशत घटे । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।

 

अंकका आधारमा बैंकिङ १।२, विकास बैंक ३८, फाइनान्स १६, होटल तथा पर्यटन ५७, जीवन बीमा ११४, उत्पादन २६ र निर्जीवन बीमा समूह ६४ अंक घटे । व्यापार ११, अन्य ३ र हाइड्रोपावर समूह ३९ अंक बढे ।