२०८१ बैशाख २० , बिहिवार

उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह

WhatsApp Image 2024-01-11 at 14.53.14_4a10496c

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग यस्तो आग्रह गरेको हो ।

महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको ब्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएकोले आयातको सिमालाई खुल्ला गर्नुपर्ने खाँचो औंल्याउनुभयो । हाल एक पटकमा ६० हजार डलर सम्मको सिमामा रहेर चाँदी आयात गर्न पाउने ब्यवसस्था रहेको छ ।

 

 

उहाँका अनुसार महासंघको प्रतिनिधीमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्दीय बैंकको ध्यानाकर्षण गराएको हो ।

ब्यवसायीको आग्रहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह, टेक्नोजया ज्वेलरी उद्योगको तर्फवाट उद्योगी दीपक मुन्द्रा लगायतको उपस्थिति रहेको  महासंघका प्रवक्ता मनोज कुमार साहले बताउनुभयो ।