२०८१ जेठ ७ , सोमवार

जसपाको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको पहिलो दिनको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

साथै प्रदेश समितिको तर्फबाट प्रदेश इन्चार्ज तथा तथा प्रतिनिधिले रकम चेम्जोङ, आत्माराम साह, सुशीला श्रेष्ठ, शिवलाल थापा, राजकिशोर यादव, प्रकाश अधिकारी र मालामती राना थारुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

त्यस्तै विभागको तर्फबाट विभिन्न विभागका प्रमुखहरु रणध्वज कन्दङ्वा, मनिस सुमन, विजय यादव, लिला सिटौला, पूर्ण बस्नेत, रमेशबाबु श्रेष्ठ, अर्जुन थापाले विभागीय प्रतिवेदन प्रस्तुत गरे ।
संगठनको तर्फबाट सञ्जय सिंह, आङ्गकाजी शेर्पा, देवराज राई, विनोद चौधरीले संगठनको प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए ।

भोलिको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सुझाव राख्ने र बाँकी कार्यसूचिमाथि छलफल हुने छ ।