२०८३ जेठ १४ , बिहिवार

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच जोखिमहरु समेट्दै पूर्व सुचना प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थपविस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचनाप्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारी पत्रअनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आमजन मानसलाई प्रकोप पूर्व सूचनाप्रवाह गर्नेछ ।ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात
रहेका छन् ।

एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले आजपौष २५ गते बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘‘पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्र्दै सन् २०१६ देखि बाढीको पूर्व सूचनापहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिकविपद् घट्नु भन्दा अगावै प्राप्तहुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसकालागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचनाप्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो ।

एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमागरिएको कार्यले जोखियुक्त क्षेत्रमाबसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहजबनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफलभएका छौ । बाढीको प्रकोप बढ्दै गएपनि त्यसबाट हुने मानवियक्षतिभने धेरै कमभएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो ।यसकालागि एनसेलको योगदानको कदर गर्न चाहन्छु । ”

एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पुर्व सुचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमाहामीगौरवान्वित छौ । हामीले सेवाप्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गाहो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपालीजन मानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिकनिजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामीदिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौ । ”

पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रति कार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ ।
सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचनाप्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पुर्व सुचनाप्रवाह गरेको थियो ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको छ । पूर्वसूचना प्रणाली मार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।