२०८१ बैशाख १९ , बुधवार

नेपाललाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४ समारोह भव्यतापूर्वक सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमाकम्पनी नेपाल लाइफइन्स्योरेन्स कम्पनीले मिति २०८० सालपौष २३गते हायत रिजेन्सी काठमाडौंमा‘एम.डी.आर.टी’अचिभर्स अवार्ड,२०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२३को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा‘एम.डी.आर.टी २०२४ ’ का लागि योग्यभ एका ११६जना अभिकर्तालाई सम्मानित गरिएको छ।पानसमादीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिनभित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताउनुभयो । “पराक्रमी गति, आक्रामक नीति”भन्ने नाराका साथकम्पनीले मनाई रहेको सार्क वर्ष २०८०÷८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्तचित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गर्नुभयो ।नेपाललाइफले बीमाबजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थिति लाईझन् बलियो बनाउन आग्रह गर्नु भएको छ।

बीमकको माग अनुरुपबजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको जानकारी दिनुभयो । प्रमुखकार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथैउहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाललाइफ सफल भएको र आगामीदिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो। अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुखकार्यकारी अधिकृत पराजुलीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साह प्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपाललाइफ आफैमा जीवनबीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताउनु भयो।

वरिष्ठ संचालक श्री कमलेश कुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाशपार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्र गर्नु भयो। MDRTत्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथाआगामीदिनको लागिशुभकामना ज्ञापन गर्नु भयो। MDRT योग्य हुनु भएका अभिकर्ताहरुले उत्कृष्ट ग्राहक सेवाप्रदान गर्न आग्रह गर्नु भयो ।अभिकर्ताको प्रगति उन्नति नै कम्पनी प्रगतिहो भन्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउनगर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गर्नुभयो । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित हुनुभएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथाआगामीदिनमाथपसफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले मान्छेले जे परिकल्पना गर्छ त्यहि नै प्राप्तगर्ने हुँदा ठुलो उद्देश्यलिई अगाडी बढ्न आग्रहगर्नु भयो । यस कम्पनीकाबीमाअभिकर्ताहरु ठुलो रुखको मुनि रहनु भएकाकारण बजारमाजान सजिलो रहेको र सोलाई बजारीकरण गर्दै बीमाको पहँुचलाइ आमनागरिक बीचपु¥याउन आग्रह गर्नुभयो ।

२०२३ माCOT हुन सफलहुनु भएका माधव भण्डारीले नेपाललाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दाCOT बन्न सफलभएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगीहातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंशा गर्नुभयो र आगामीदिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाब दिनुभयो ।

पेशागत बीमा अभिकर्ता संघ नेपालबीमक समिति नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप उर्जाका साथबीमालाई नेपालीको घर दैलो सम्मपु¥याउनकुनै कसर बाँकि नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गर्नु भयो ।वर्ष सकिएको छोटो समयमा नै भव्यकार्यक्रमआयोजना गरेकोमा व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा समापन मन्तब्य व्यक्त गर्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापतिपोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामीवर्ष झन् बढी संख्यामाःMDRT हरुलाई सम्मान गर्न कम्पनीलालायित रहेको बताउनु भयो ।आर्थिक मन्दीकाबीच पनिअभिकर्ताहरुको अथक मेहनत, परिश्रमकाकारण MDRT को संख्या गतवर्षको तुलनामा बढेको र यो संख्या अब ज्यमितिय गतिमा बढ्रनेमाआफु विस्वस्त रहेको बताउनुभयो।कार्यक्रममा पूर्वप्रमुख सूचना आयुक्त तथा नेपाल सरकारको पूर्व सचिब कृष्णहरि बाँस्कोटाले प्रस्तुतीकरण दिनु भएको थियो।