२०८१ बैशाख २३ , आइतवार

अख्तियारले थाल्यो नक्कली लाइसेन्स प्रकरणबारे छानबिन

smart-license-1024×542

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए ।

अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी पत्र लेखेदेखि नै अनुसन्धान सुरु भएको हो ।

अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफट्वेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको हो । सफ्वेयरमा पहुच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो ।

 

 

यातायात व्यवस्था विभागले लाइसेन्स वितरणमामा भएको अनियमितताबारे गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छ । त्यो प्रतिवेदन पाएको अख्तियारले थप अध्ययन गर्न मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । मन्त्रालयको टोलीले पनि अन्तिम प्रतिवेदनको तयारी गरेको छ ।