२०८१ बैशाख २२ , शनिवार

“नेटा भि” को मेगाएक्सचेन्ज क्याम्प

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिजि मोटर्स प्रा. लि. ले विद्युतिय सवारी साधन नेटा भि को बजार प्रवद्र्धनकालागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ ।हाललाई काठमाण्डौ उपत्यका लक्षितगरि आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा बिस बर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भि सँग एक्सचेन्ज गर्न सकिने कुरा कम्पनिले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कुरा समेत कम्पनिले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्जक्याम्पको मुख्य उद्देश्य नेटा भि को प्रवद्र्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको ब्यवस्थापन समेत रहेको कुरा कम्पनिद्वारा जारि प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयकालागिमात्रै रहेको कुरा कम्पनिले जनाएको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १,५०,००० किमीको वारन्टि रहेको छ जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भि को प्रयोग गर्न सक्छन् । यसका साथैे यसमा रहेको ज्भ्एत् २.० प्रविधिले ब्याट्रिलाई तात्नवा बढि चिसो हुनदिदैन ।

नेटा भीहालनयाँ ५० कि. वा. को LFP ब्याट्रि सहित शोरुमहरुमा उपलब्ध छ । LFP ब्याट्रि हालउपलब्ध ब्याट्रिहरु मध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा नेटा भि अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्ततथा उहि ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको छ ।
यसका साथै यो ब्याट्रिले २०२४को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ ।